गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापतिमा उम्मेदवारी दिएको बताए।

पार्टीभित्र र बाहिरबाट कांग्रेसमा एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको उल्लेख गर्दै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता रहेको बताए।

पाण्डेले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा तीन पटक काम गरिसकेको र ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा सक्रिय रहेको अनुभवलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताए। युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई समेत उनले प्राथमिकतामा राख्ने उल्लेख गरे।

‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उनले भने।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गरिरहेको उल्लेख गर्दै पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएको बताए।

पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उनको भनाइ छ।

पाण्डेले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वास व्यक्त गरे।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22795, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =