कुमारी’लाई दर्शकको साथ, देशभर प्रदर्शनको सुरुवात उत्साहजनक

कुमारी’लाई दर्शकको साथ, देशभर प्रदर्शनको सुरुवात उत्साहजनक

काठमाडौं। नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। लामो समयदेखि चर्चामा रहेको यो चलचित्रले रिलिजको पहिलो दिनमै दर्शकको उल्लेखनीय उपस्थिति पाउँदै सुखद सुरुवात गरेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुमारी’ करिब २ सय शोसहित सिनेमा हलमा पुगेको हो। अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको चाप देखिएको छ। काठमाडौं उपत्यकाका मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म दर्शकको उत्साहजनक साथ पाएको वितरकले जानकारी दिएका छन्।

पहिलो दिन बिहानै चलचित्र हेरेर निस्किएका दर्शकहरूले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी नयाँ कलाकारहरूको अभिनय, निर्देशकको कथा प्रस्तुत गर्ने शैली र भावनात्मक प्रेम कथाले दर्शकको मन छोएको प्रतिक्रिया आएको छ। कतिपय दर्शकले ‘कुमारी’लाई नेपाली प्रेम कथानक चलचित्रहरू मध्येको उत्कृष्ट प्रयासको रूपमा मूल्यांकन गरेका छन्।

चलचित्र युनिट बिहानैदेखि कलाकारसहित विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेको छ। दर्शकको प्रशंसाले टिम थप उत्साहित देखिएको छ।

प्रेम कथानक निर्देशनमा सशक्त छवि बनाइसकेका निर्देशक दिनेश राउतले ‘कुमारी’लाई निर्देशन गरेका हुन्। चलचित्रले प्रेमसँगै मानवीय सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। यही चलचित्रमार्फत आभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

महेन्द्र अधिकारीको निर्माण रहेको ‘कुमारी’का कार्यकारी निर्माता केदार भुसाल हुन्। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको यस चलचित्रले मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   7   =  

Protected by Spam Master