‘काठमाडौं हरर फिल्म फेस्टिभल’ को दोस्रो संस्करणका लागि २६ फिल्म छनोट

‘काठमाडौं हरर फिल्म फेस्टिभल’ को दोस्रो संस्करणका लागि २६ फिल्म छनोट


सेलिब्रेटी नेपाल । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौँमा हुँदैछ । फेस्टिभलमा सहभागिताका लागि २६ फिल्म छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी र लोककथामा आधारित फिल्महरूमध्येबाट २६ फिल्म छनोट भएका हुन् । जसमा ८ फिचर र १८ सर्ट फिल्म रहेका छन् । छनोटमा २१ देशका फिल्म छन्, जसमध्ये ५ वटा नेपाली निर्माण वा सह-निर्माण हुन् ।

पहिलो संस्करणदेखि भेन्यु पार्टनर रहेको रसियन हाउस काठमाडौंले यस वर्ष पनि फेस्टिभलको आयोजनास्थल उपलब्ध गराएको छ ।

काठमाडौँ हरर फिल्म फेस्टिभल नेपाल चलचित्र तथा सांस्कृतिक एकेडेमीले आयोजना गर्ने हरर तथा जेनर सिनेमा केन्द्रित फेस्टिभल हो । २०२५ मा सुरु भएको यो फेस्टिभलले नेपाली फिल्ममेकरहरूलाई स्थानीय लोककथा, मिथक र परम्परामा आधारित कथा भन्न प्रोत्साहन गर्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   8   =