सिद्धलेक गाउँपालिकामा उपाध्यक्षसँग समन्वयात्मक कानूनी सचेतना तालिम

धादिङबेशी । सिद्धलेक गाउँपालिकामा उपाध्यक्ष सबिता अर्यालको अध्यक्षतामा समन्वयात्मक कानूनी सचेतना तालिम सम्पन्न भएको छ। तालिममा घरेलु हिंसा, बालविवाह, अनमेल विवाह तथा अंशबण्डा जस्ता संवेदनशील विषयमा विस्तृत छलफल गरिएको थियो।
तालिमको सहजीकरण तोला कुमारी पाठकले गर्नुभएको थियो। उहाँले विभिन्न मुद्दाको व्यवस्थापन प्रक्रिया, न्यायिक समितिको भूमिका तथा कानुनी सहायता सम्बन्धी विषयमा सहभागीलाई जानकारी दिनुभएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माया देवी शर्माले महिलामाथि हुने हिंसा र पीडितहरूको संघर्षका उदाहरण प्रस्तुत गर्दै कानूनी सचेतनाको महत्व औँल्याउनुभयो। उहाँले पीडितहरूलाई न्यायिक समितासँग सम्पर्क राख्न तथा अदालतमा उजुरी गर्ने प्रक्रिया बुझ्न प्रेरित गर्नुभयो।
उपाध्यक्ष अर्यालले कार्यक्रमको उद्देश्य पीडितलाई न्याय प्राप्तिका लागि सचेत बनाउनु रहेको बताउनुभयो। उहाँले महिलाहरूले आफूलाई अन्याय वा हिंसाबाट कसरी सुरक्षित राख्ने, मुद्दा दर्ता गर्ने प्रक्रिया, न्यायिक समितिको कार्यक्षेत्र र मेलमिलापका उपायबारे जानकारी लिन सक्ने उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा गाउँपालिकाका सबै वडामा यस्ता तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिनुभयो।
गाउँपालिकामा हालसम्म ९७ वटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये ३६ मुद्दा मेलमिलापबाट समाधान भएका छन् भने केही मुद्दा डिसमिस, केहीमा फैसला भइसकेको र १–२ मुद्दा अदालतमा विचाराधीन रहेको उपाध्यक्ष अर्यालले जानकारी दिनुभयो। सबै नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न गोप्यताका साथ मुद्दा समाधान गर्ने नीति अपनाइएको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका सातै वडाबाट दलित महिला, लोपोन्मुख तथा पिछडिएका वर्गका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








