इटालीलाई ७३ रनले हराउँदै स्कटल्यान्ड विजयी

काठमाडौँ- आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ ।
भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमा १३४ रन बनाउँदै अलआउट भयो । उसका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्ने क्रममा एक छक्का र पाँच चौकासहित ५२ रन बनाए । साथै ह्यारी मनान्तीले ३७, जेजे स्मुल्सले २२ र एन्थोनी मोस्काले १३ रन बनाए ।
स्कटल्याण्डको जितमा मिचल लिस्कले चार विकेट लिए भने मार्क वाटले दुई विकेट लिए । साथै ब्राड कुरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए । त्यसैगरी ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए । त्यस्तै माइकल लिस्कले २२ रन जोड्दा रिची बेरिङ्टनले १५ रन बनाए ।
स्कटल्यान्ड र इटाली नेपालसहित समूह ‘सी’मा रहेका छन् । नेपालको समूहमा यी टोलीसँगै वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन् ।
विश्कपमा स्कटल्यान्डको यो दोस्रो खेल हो ।
यसअघि स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । त्यस्तै इटालीको भने यो पहिलो खेल हो । समूह ‘सी’अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार ०८:०२धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा
खेलकुद२०८२ माघ २८, मंगलवार ०७:३९इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ०७:१२पोखरा, काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य « रिपोर्टर्स नेपाल
समाचार२०८२ माघ २८, मंगलवार ०६:०२कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती







