चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य

काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बुधबार पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा एनटीबीका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र एफडीबीका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले सम्झौतापत्रमा हस्ताक्षर गरे। बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार उक्त सहकार्य आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत अघि बढाइएको हो।

सम्झौताअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ।

मुख्य बुँदाअनुसार हरेक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्रसँगै देशका प्रमुख पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ। साथै, पोखरालाई चलचित्र र पर्यटनको संयुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित फिल्म फेस्टिभल आयोजना गरिनेछ।

कार्यक्रममा बोल्दै एफडीबीका अध्यक्ष दिनेश डिसीले सहकार्यलाई “दीर्घकालीन यात्राको सुरुवात” भन्दै नियमित रूपमा कान्समा उपस्थिति जनाएर नेपाली चलचित्रलाई विश्वमञ्चमा पुर्‍याइने बताए। उनले चलचित्र छायांकन हुने स्थानहरू स्वतः पर्यटकीय आकर्षण बन्ने उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा चलचित्रको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master