आहा रारा पाेखरा गाेल्ड कप : मनाङको संघर्षपूर्ण जित

पाेखरा । मनाङ मर्स्याङ्दी क्लबले थन्डरबोल्ट नर्थ युनाइटेडलाई पाेखरा । १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
पोखरा रंगशालामा सम्पन्न खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिए पनि अतिरिक्त समयमा मनाङले निर्णायक गोल गर्न सफल भयो। खेलको १०५ मिनेटमा जर्सी नम्बर ६ का आशिष श्रेष्ठले गरेको गोल नै जितको आधार बन्यो।
पहिलो र दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। मनाङले खेलभर बल नियन्त्रण गर्दै आक्रामक रणनीति अपनाएको थियो भने थन्डरबोल्ट काउन्टर अट्याकमा निर्भर देखियो।
अन्ततः अनुभव र संयमताले मनाङलाई जित दिलायो।
निर्णायक गोलकर्ता आशिष श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत भोलिको खेलमा प्लानिङ ब्वाईज युनाइटेड र उज्बेकिस्तानको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20897, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर







