कास्कीमा मापसे गरी स्कुल बस चलाउने ५ चालक पक्राउ

पोखरा । कास्कीमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विभिन्न स्थानमा सञ्चालन हुने स्कुल बसका चालकहरूले मापसे गरी सवारी साधन चलाउने गरेको गुनासो आएपछि सोमबार बिहान करिब ९:३० बजे ट्राफिक प्रहरीसहितको टोलीले चेकिङ अभियान सञ्चालन गरेको थियो।
चेकजाँचका क्रममा मापसे गरेको पुष्टि भएपछि माउन्ट हेभन बोर्डिङ स्कुल, कुमुदिनी होम्स बोर्डिङ स्कुल, बिन्देश्वरी बोर्डिङ स्कुल, अंजली बोर्डिङ स्कुल र एसओएस बोर्डिङ स्कुलका बस चालकहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा पर्नेमा पोखरा महानगरपालिकाका विभिन्न वडाका ३३ वर्षीय आनन्द परियार, ३७ वर्षीय गौतम गुरुङ, ४४ वर्षीय भक्तबहादुर गुरुङ, ४८ वर्षीय डम्बरबहादुर गुरुङ र ४७ वर्षीय पदम बि.क. रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। साथै, विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बसमा नियमित रूपमा मापसे चेकिङ अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20893, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २२, शनिबार १८:२९कास्की जिल्ला युवा चेम्बर गठन, अध्यक्षमा डीएन लामिछाने
समाचार२०८३ कार्तिक २२, शनिबार ०६:२८International-Level Security and Self-Defence Training Begins in Pokhara
समाचार२०८३ कार्तिक २१, शुक्रबार २३:१४पोखरामा अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम सुरु
समाचार२०८३ कार्तिक १९, बुधबार १८:५९अब आफ्ना सवाल आफैँ उठाउनेछन् दृष्टिविहीन युवा र महिला, पोखरामा पहिलो राष्ट्रिय भेला






