आहा रारा पोखरा गोल्डकप: जावलाखेल १४ वर्षपछि फाइनलमा, अब सहारासँग भिड्ने

पोखरा । १४ वर्षको लामो प्रतीक्षापछि जावलाखेल युख क्लव आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार पोखरा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेलले उज्वेकिस्तानको आबा एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
खेलको एकमात्र गोल दोस्रो हाफ सुरु भएलगत्तै आत्मघाती रूपमा भएको थियो। धिरेन्द्र कुँवरले दायाँ विंगबाट गरेको क्रस क्लियर गर्ने क्रममा आबाका डिफेन्डर खुसन गनिजानोभको छातीमा लागेर बल आफ्नै पोस्टमा प्रवेश गरेको थियो। त्यही आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।
६५औँ मिनेटमा जावलाखेल १० खेलाडीमा सीमित भएको थियो। युवराज ढकालले आबाका सार्दोरबेक मातमुरातोभलाई प्रहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाएका थिए। त्यसपछि जावलाखेलले रक्षात्मक रणनीति अपनाउँदै बाँकी समय अग्रता जोगायो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जोखिदजोन राखिमोभ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
आबाका प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले राम्रो प्रदर्शनका बाबजुद नतिजा आफ्नो पक्षमा पार्न नसकेको प्रतिक्रिया दिए। सुरुमै गोल खाएपछि जावलाखेलले रक्षात्मक खेल प्रस्तुत गर्दा अवसर सदुपयोग गर्न नसकिएको उनको भनाइ थियो।
जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले विदेशी टोलीविरुद्ध जित निकाल्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै फाइनलमा अझ अनुशासित र आक्रामक खेल प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।
अब शनिबार दिउँसो २ बजे हुने फाइनलमा जावलाखेलले आयोजक सहारा क्लवसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङका अनुसार हिमश्री फुड्सको उत्पादन ‘रारा’ तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ। विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसअघि जावलाखेल २०६८ सालमा मनाङ मर्सयायाङ्दी सँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो। यसपटक भने १४ वर्षपछि पुनः उपाधि जित्ने लक्ष्यसहित जावलाखेल फाइनलमा उत्रने भएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20923, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर







