ग्रामीण परिवेशमा बनेको ‘परालको आगो’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई गम्भीर भावभंगिमामा देख्न सकिन्छ। सुहानाको सिउँदोमा सिन्दूर र निधारमा टीका भए पनि उनको अनुहारमा खुशीभन्दा पीडा झल्किएको देखिन्छ। प्रकाश सपुत घुम्टो ओढेर रसिला आँखा पारेका छन् भने सौगात मल्ल र प्रकाशको अनुहार भावुक र रुन्चे देखिन्छ। तीनै पात्रको प्रस्तुतीले फिल्मको कथावस्तु सामाजिक द्वन्द्व र रहस्यसँग जोडिएको संकेत गर्छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई उठान गर्ने अनुमान गरिएको छ। पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले ‘परालको आगो’ जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने कथावस्तुतर्फ संकेत गरेको बुझिन्छ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायत कलाकारहरूको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाको लेखन रहेको फिल्ममा छायांकन संकल्प भुजेलले गरेका छन् भने नृत्य निर्देशन रामजी लामिछाने र सम्पादन मिलन श्रेष्ठले गरेका छन्। रंग संयोजन कनाल कँवरको रहेको छ।
फिल्मको भिएफएक्स समीर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर साहिल खानले सम्पादन गरेका छन्। ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेको रहेको छ। निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १४, बिहीबार २०:५२धादिङमा नेपाली सेनाले सुरु गर्यो निर्वाचन लक्षित मोटरसाइकल गस्ती
समाचार२०८२ फाल्गुन १४, बिहीबार १९:०२धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने
राजनीति२०८२ फाल्गुन १४, बिहीबार १७:३१बागलुङ–२ मा काँग्रेस उम्मेदवार टेकराज पौडेललाई प्रलोपाको समर्थन
समाचार२०८२ फाल्गुन १४, बिहीबार १६:३९आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा








