इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी

इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी

काठमाडौँ- इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी हुनुभएको छ । राईले १४५४३ मत प्राप्त गरी  विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ्ग लिम्बुले १३६३२ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राई नेपाली काँग्रेस भित्रका युवा पुस्ताका नेता हुनुहुन्छ ।

३५ बर्षीय राई नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको हो ।

शंकरदेव क्याम्पसमा विद्यार्थीहरुमाझ निकै लोकप्रिय रहनुभएका राई हाल इलामको क्षेत्रीय सभापति समेत हुनुहुन्छ ।।

 

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =  

Protected by Spam Master