हेमजामा चैत २७ देखि १४औँ राष्ट्रिय आलु महोत्सव

हेमजा । आलु गाउँका रूपमा परिचित कास्कीको हेमजामा १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव आयोजना हुने भएको छ। “सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक” भन्ने मूल नारासहित महोत्सव आगामी चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सव पोखरा महानगरपालिका–२५, हेमजास्थित विष्णु पादुका खेलमैदानमा आयोजना गरिनेछ। शनिबार सम्पन्न आमभेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिको सहसंयोजकमा मिना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भएका छन्।
भेलाले विभिन्न उपसमितिहरू पनि गठन गरेको छ। अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल तथा रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा इन्द्र थापा चयन भएका छन्।
त्यसैगरी प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, पानी तथा बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा भुवन क्षेत्री, बैंक तथा वित्तीय संस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालन संयोजकमा सागर कुँवर, झाँकी र्याली व्यवस्थापन संयोजकमा उमा भुर्तेल पौडेल, कृषि परिचालन उपसमिति संयोजकमा अर्जुन कार्की, कृषि प्रविधि व्यवस्थापनमा कृष्ण तिम्सिना तथा सरसफाइ व्यवस्थापनतर्फ सूर्य थापालाई जिम्मेवारी दिइएको छ।
हेमजामा उत्पादन हुने आलुको प्रवर्द्धन तथा स्थानीय कृषि, पर्यटन र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६६ सालदेखि हरेक वर्ष उक्त महोत्सव आयोजना हुँदै आएको छ। महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले आयोजना गरेका थिए भने तेस्रो संस्करणदेखि निरन्तर विष्णु पादुका क्लबले आयोजना गर्दै आएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21051, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर







