चैत २९ गतेदेखि हुने फेवा नव वर्ष महोत्सवको तयारी

पोखरा । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । संघको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ ।
अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए ।
महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ ।
महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा जाउँ है पोखरा कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21077, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ६, शुक्रबार १२:५४चैत २९ गतेदेखि हुने फेवा नव वर्ष महोत्सवको तयारी
समाचार२०८२ चैत्र ५, बिहीबार ११:१८एकैदिन सुनको भाउमा भारी गिरावट, तोलामा ५,४०० रुपैयाँ घट्यो
समाचार२०८२ चैत्र ५, बिहीबार १०:३६पोर्चुगलमा २५ सय नेपाली कानुनी संकटमा, देश छाड्न निर्देशन
समाचार२०८२ चैत्र ४, बुधबार १३:५१सुनचाँदीको भाउ ओरालो: तोलामा २,२०० रुपैयाँले घट्यो सुन




