इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इरान र इजरायल बीचको द्वन्द्वले नयाँ मोड लिएको छ। इजरायल र संयुक्त राज्य अमेरिका ले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार ‘साउथ पर्स ग्यास फिल्ड’ मा आक्रमण गरेपछि त्यसको प्रतिकारस्वरूप इरानले कतार को रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ।
कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको उक्त आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो। आपतकालीन टोलीले आगो नियन्त्रणमा लिन सफल भए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको जनाइएको छ। घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको बीबीसी ले जनाएको छ।
कतारको गृह मन्त्रालयका अनुसार केही घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा तथा क्षेत्रीय स्थिरतामाथि सीधा खतरा भन्दै कडा प्रतिक्रिया दिएको छ।
विदेश मन्त्रालयले इरानले ‘तनाव बढाउने नीति’ अपनाइरहेको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21069, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २९, सोमबार १७:१९नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण








