‘माईतीको आँगन’ मा पोखियो विधवा आमालाई सम्झिँदै छोरीको पीडा

‘माईतीको आँगन’ मा पोखियो विधवा आमालाई सम्झिँदै छोरीको पीडा

भिडियोमा दिप्सा कार्की र झरना रिसाल फिचर्ड छन्।


काठमाडौं । छोरी र माइतीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्ने नयाँ तीज गीत ‘माईतीको आँगन’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा एक छोरीले आफ्नी विधवा आमालाई सम्झिँदै माइती, बाल्यकाल र बुबाको अभावसँग जोडिएका भावनाहरू व्यक्त गरेकी छन्।

निर्मला घिमिरे’निरु’ को स्वरमा सजिएको ‘माईतीको आँगन’को शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन्। भिडियोमा दिप्सा कार्की र झरना रिसाल फिचर्ड छन्।

गीतको शब्दमा वर्ष दिनपछि माइतीको आँगन टेक्न पाउँदाको चाहना, आमाको मुहार हेर्न नसक्दाको पीडा र विवाहपछि छोरीका लागि माइतीदेश नै क्रमशः विरानो बन्दै गएको अनुभूति प्रस्तुत गरिएको छ। ‘गाह्रो भो आमाको मुहार देख्नलाई, वर्ष दिनमा माइतीको आँगन टेक्नलाई’ भन्दै सुरु हुने गीतले तीजमा माइती सम्झिने छोरीको मनोभावलाई केन्द्रमा राखेको छ। गीतमा आमाले छोरीहरूलाई जन्माएर पराइघर पठाएपछि दैलो कुरेरै जीवन बिताएको प्रसंग पनि मार्मिक रूपमा समेटिएको छ।

‘माईतीको आँगन’को म्युजिक भिडियो कमल राईले निर्देशन गरेका हुन्। भिडियोको रङ्ग पौडेल निर्माता तथा गोपाल कटुवाल कार्यकारी निर्माता रहेका छन्। शिव ढकालले छायांकन गरेको भिडियोको सम्पादन रामप्रसाद चौधरीले गरेका छन् भने रेनिश फागोले कलर गरेका छन्।

‘माईतीको आँगन’ आज सार्वजनिक भएसँगै तीज गीतको भीडमा फरक भाव बोकेको गीतका रूपमा आएको छ। गीतले विशेषगरी आफ्नी आमा, माइती र बाल्यकाल सम्झिने छोरीहरूको भावनालाई छुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =