गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न

पोखरा । संस्कृत युवामञ्च नेपालद्वारा प्रकाशित गण्डकी भित्तेपात्रो–२०८३ को विमोचन तथा नववर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष श्री महेन्द्र पौडेलको अध्यक्षतामा तथा धार्मिक एवं सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व, शिक्षाविद् सहप्राध्यापक डा. श्री त्रिभुवन शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा भित्तेपात्रो विमोचन पश्चात् मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि डा. शर्माले संस्कृत युवामञ्चले समाजमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सर्वसाधारणले सहज रूपमा उपयोग गर्न सक्ने भित्तेपात्रो प्रकाशन गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस्ता रचनात्मक तथा समाजोपयोगी कार्यले संस्थाको गरिमा अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन अझै उर्जा मिलोस भन्दै सस्था लगाएत सम्पूर्ण उपस्थित महानुभावहरुमा २०८३ सालको शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा संस्थापक अध्यक्ष श्री रामप्रसाद सिग्देल, संस्थाका सल्लाहकार पुष्पराज आचार्य (गिरिधर), माता तालबाराही आरती सेवा समितिका अध्यक्ष श्री जुना अधिकारी, कथा व्यास समिति गण्डकी प्रदेशका संयोजक श्री गोकर्ण बराल तथा विश्व हिन्दु महासङ्घ सांस्कृतिक समूहका अध्यक्ष श्री शिव बरालले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले गर्दै आएका धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूको सराहना गर्नुभयो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्री भवानी शंकर शर्माले स्वागत मन्तव्य राख्दै भित्तेपात्रोको प्रकाशन उद्देश्य, संरचना तथा विशेषताबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले भित्तेपात्रोमा समेटिएका धार्मिक तिथि–मिति, पर्व–उत्सव तथा सांस्कृतिक पक्षहरूले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री लक्ष्मण पौडेलले गर्नुभएको थियो भने कार्यक्रमसम्बन्धी जानकारी सह–सचिव श्री अर्जुन पौडेलले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको समापनसँगै उपस्थित सबैबीच नववर्ष २०८३ को अवसरमा आपसी सद्भाव, सहकार्य तथा समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय








