नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने

काठमाडौँ- प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले भोलि संसद पदको शपथ लिनु हुने भएको छ । केशीले नव निर्वाचित प्रतिनिधि सभामा सभै भन्दा ज्येष्ठ सदस्यको हैसियतमा भोलि बुधार विहान ११:१५ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट सपथ लिएपछि उहाँले आगामी चैत १२ विहिबार दिउसो २ बजे नवनिर्मिति संसद भवन सिंहदरबार अन्य सांसदहरुलाई सपथ गराउनुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सांसदहरुको सपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आवश्यक संंरचना तयार पारिरहेको छ ।
संसदको शपथको भोलि पल्ट प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहले शपथ लिने कार्यक्रम रहेको छ । विहिबार बस्ने रास्वपा बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेपछि शुक्रबार उहाँले राष्ट्रपतिसँग सपथ लिने र त्यसको तयरी राष्ट्रपति कार्यालयले गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








