साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण

काठमाडौं, चैत ११ । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ। बुधबार विहान डाक्टर साइमन र उहाँको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु।’
उनले खाडी क्षेत्रमा हाल अवस्था असामान्य रहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएको भन्दै त्यहाँको सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गराएको बताएकी छिन्। उनले लेखेकी छन्, ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टकै निगरानीमा मेरो रिह्याबको काम भोलिदेखि सुरू हुनेछ।’
उनले स्थिति सामान्य हुनेबितिक्कै रिह्याबका लागि कतार जाने बताएकी छन् । ‘स्थिति सामान्य हुनेबितिक्कै रिह्याबका लगि एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु। यस पीडाको घडीमा मलाई साथ दिनुहुने वेलिंगटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिएपनि कम हुन्छ ।’ उनले लेखेकी छन् ।
त्यस्तै उनले आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले दिनरात गरेर शल्यक्रियाको समय मिलाएको भन्दै धन्यवाद दिएकी छन्। उनले भनेकी छन्, ‘आम समर्थक जसले सधैं मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









