मेयरदेखि प्रधानमन्त्रीसम्म बालेनको ‘ऐतिहासिक छलाङ’, शीतल निवासमा लिए शपथ

काठमाडौं । बालेन्द्र शाहले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक भएको जनाइएको छ।
३६ वर्षीय शाह काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका थिए। पहिलोपटक संघीय संसदमा प्रवेश गरेलगत्तै उनी देशको कार्यकारी नेतृत्वमा पुगेका हुन्।
झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै शाह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21141, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २९, सोमबार १७:१९नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण







