एन्फाको निर्वाचन स्थगित, आज नहुने « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत १३ । आज हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि आज शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको हो ।
एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको छ । राखेप कार्यकारी समितिको बुधबारको बैठकले निर्देशन पालना नगरेको भन्दै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फामाथि ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।
राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न भन्दै एन्फालाई पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेपछि राखेपले निलम्बन गर्नेसम्मको निर्णय गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १४, शनिबार ०९:१७‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक
समाचार२०८२ चैत्र १४, शनिबार ०७:१०प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो- गृहमन्त्री गुरुङ
समाचार२०८२ चैत्र १३, शुक्रबार १७:५०नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो दीक्षान्त समारोह सम्पन्न, ९० जना विद्यार्थी दीक्षित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी






