गोपालजी मन्दिरमा भक्तिभाव: शनिवासरीय भजनमा उल्लेख्य सहभागिता

पोखरा । संस्कृत युवा मञ्च नेपालद्वारा सञ्चालन हुँदै आएको साप्ताहिक भजन कार्यक्रम अन्तर्गत शनिवासरीय भजन पोखरा महानगरपालिका–४ स्थित गोपालजी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ।
गोपालजी मन्दिर सेवा समितिका अध्यक्ष रमेश लिगल तथा सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष भवानी माकाज्यूको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा मञ्चका भजन संयोजक गिरिधर आचार्यको नेतृत्व रहेको थियो। कार्यक्रममा शिव–पार्वती झाँकीसहित भजन–कीर्तन प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रममा स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ। भजन–कीर्तनमार्फत धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप सजीव र सक्रिय बनाइएको आयोजकको भनाइ छ।

संयोजक आचार्यका अनुसार आगामी शनिबार पोखरा–८ स्थित बिन्दुवासिनी मन्दिर प्राङ्गणमा समेत भजन कार्यक्रम आयोजना गरिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो








