पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा। पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ ।

होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो ।
उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो ।
विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रुपमा अगाडि बढाउन सकिने बताए ।
पोखरा पर्यटनको राजधानी भएका कारण मुख्य हवको रुपमा विकास गरी लुम्बिनी र चितवनलाई समेत समेटेर पर्यटन तथा व्यवसायिक आदानप्रदान र पबद्र्धनका गतिविधि संचालन गर्न सकिने सुझाव लामिछानेले राखे ।
होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले १० बर्षे द्वन्द्वकालमा पोखरा आउने पर्यटक संख्यामा उल्लेख्य गिरावट आएपछि आन्तरिक पर्यटक प्रबद्र्धनस्वरुप जाउँ है पोखरा अभियान सुरु गरिएको जानकारी दिए ।
सो अवसरमा पराजुलीले सिल्भर ट्रयाङ्गलको अवधारणा पर्यटन प्रबद्र्धनका लागि प्रभावकारी हुन सक्ने भनाई राखे । बुटवल र पोखरा जोड्ने मार्गलाई फाष्ट ट्रयाकका रुपमा विकास गर्न सके पोखरा र लुम्बिनीको पर्यटनमा सकारात्मक प्रभाव पर्ने भनाई पनि उनले राखे ।

संघले हालै मात्र पूर्वी नेपालमा पाँच दिने जाउँ है पोखरा अभियान सम्पन्न गरेको र सोही सन्दर्भमा पश्चिम नेपाललाई समेत समेट्ने गरी लुम्बिनी क्षेत्रका संचारकर्मीसँग यो अन्तरक्रिया आयोजना गरको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले आफूहरुले विगतमा पश्चिम नेपालमा समेत यस्तो अभियान संचालन गरेको स्मरण गराउँदै लुम्बिनी क्षेत्रका संचारकर्मी स्वयं पोखरामा उपस्थित हुनु सुखद पक्ष भएको बताए ।
यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म पोखरामा संचालन हुने २१ औं फेवा नवबर्ष महोत्सवमा आउने पाहुनालाई संघ अन्तर्गतका होटलले भारि छुट प्रदान गर्ने पनि उनले सो अवसरमा बताए ।
बुद्ध जन्मस्थलको रुपमा लुम्बिनी विश्वप्रसिद्ध रहेको बताउँदै अध्यक्ष सुवेदीले पोखराका पर्यटकीय सम्पदाका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी र पोखरा महानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्र पोखराका प्रमुख नबराज अधिकारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21155, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   8   =  

Protected by Spam Master