पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको निवासबाट पक्राउ गरिसकेकाे छ । जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हाे।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21144, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर







