मनहरी गाउँपालिकाद्वारा विद्यार्थीलाई साइकल वितरण
मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ स्थित पशुपतिनाथ माध्यामिक विद्यालयका १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ ।
४ नम्बर वडा कार्यालयको ९ लाख ५० हजार आर्थिक सहयोगमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ सय १५ छात्र–छात्रालाई साइकल वितरण गरिएको हो ।
बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा घरदेखि स्कुल सम्मको भौगोलिक दूरी टाढा रहेका विद्यार्थीलाई साईकल वितरण गरिएको हो ।
साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले शैक्षिक सुधारमा वडाले गरेको कार्यको प्रशंसा गर्नुभयो । निर्माणका कार्यलाई मात्रै विकास सोच्ने मानसिकता अब बदल्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
मन्त्री मोक्ताले स्थानीय सरकारले विकास निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा लाग्न आवश्यक रहेको बताउनुभयो । प्रदेश भित्रका सामुदायिक विद्यालयको भौतिक संरचना पहिलेको भन्दा राम्रो भएकोले अब शैक्षिकस्तर सुधारमा लाग्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले साईकल प्राप्त भएपछि भौगोलिक हिसाबले टाढा रहेका विद्यार्थीलाई समयमै स्कुल आउन र घर जान सहज हुने विश्वास व्यक्त गर्नुभयो । नियमित साईकल चलाउदा विद्यार्थीमा स्फूर्ती समेत आउने प्रधानाध्यापक आचार्यको भनाई छ ।
विद्यालय निरन्तरताका लागि विद्यार्थीलाई साइकल वितरण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो ।
४ नम्बर वडामा साईकल लगायत अन्य सवारी साधन गुडाउन सहज हुनेगरि सडक निर्माण तथा मर्मत कार्यपनि संगसंगै लैजाने उहाँको प्रतिबद्धता छ । करीब नौ दश किलोमिटर दूरीबाट विद्यार्थी पैदल विद्यालय आउन बाध्य थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास