काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल रिहा

काठमाडौँ – काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहाई हुनु भएको छ ।
जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने गरी जिम्मा जमानीमा रिजाललाई छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले नेपालटिभीअनलाइनलाइनलाई जानकारी दिनुभयो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उहाँलाई आज बिहान मात्र पक्राउ गरिएको थियो।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजाललाई पक्राउ गरिएको प्रहरीले बताएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
कला, विचार/मनोरञ्जन२०८३ असार ३१, बुधबार १०:२८‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो)
खेलकुद२०८३ असार ३१, बुधबार ०७:०१फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश








