याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

पोखरा।
नेपाल फोटो पत्रकार संघ कास्कीको साधारण सभा मंगलबार भएको छ । कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारण सभा भएको हो ।
साधारण सभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले दिगो र व्यावसायिक फोटो पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । सूचना प्रविधिको युगमा स्तरीय फोटो खिच्न चूनौति रहेको उनको भनाइ थियो । सोही कारण समाचारको अभिन्न अंग फोटो व्यावसायिक बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।
साधारण सभाबाट संघले गरेको प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरिएको छ । साथै, सचिव धनबहादुर गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष युनिश गुरुङको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतले पारित गरेको थियो ।
साधारण सभाले संस्थापक अध्यक्ष, घनश्याम पौडेलको संयोजकत्वमा फोटो पत्रकार अक्षयकोष सञ्चालन कार्यविधि निर्माण समिति बनाएको छ । उक्त समितिको सदस्यमा पूर्वअध्यक्ष कृष्णमणि बराल र निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेल रहेका छन् ।
नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले आगामी दिनमा आगामी दिनमा मल्टिमिडिया तालिम गर्ने, फोटो प्रदर्शनीलाई निरन्तरता दिने, फोटो यात्रालाई निरन्तरता दिने, अक्षयकोषलाई वृद्धि गर्दै जाने, फोटो पत्रकारितामा योगदान दिने फोटो पत्रकारलाई सम्मान गर्ने लगायतको कार्यक्रम गर्ने योजना सुनाए ।
नेपाल फोटो पत्रकार संघ, कास्कीकी उपाध्यक्ष राधिका कंडेलले आगामी दिनमा संस्थालाई अझै क्रियाशिल बनाउँदै लैजाने बताइन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21187, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २०, शनिबार २३:५७लक्ष्मी विद्यापदकबाट तीन विद्यार्थी सम्मानित
समाचार२०८३ भाद्र २०, शनिबार २३:५२पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन सुरु, नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा
समाचार२०८३ भाद्र १९, शुक्रबार १९:५५“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल
समाचार२०८३ भाद्र १९, शुक्रबार १२:२०व्यवसायीको घट्दो आकर्षणबीच आशालाग्दो अनुहार मनोहरी पौडेल







