सहारा विद्यालयको २९औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयले २९औँ वार्षिकोत्सव विविध कार्यक्रमबीच सम्पन्न गरेको छ।
विद्यालयका अध्यक्ष विक्रम थकालीको अध्यक्षता तथा वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना कुमारीले स्वागत मन्तव्यसहित विद्यालयका गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
सोही अवसरमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि समेटिएको “शैक्षिक दर्पण” नामक प्रकाशन प्रमुख अतिथि मर्सानीले विमोचन गरेका थिए।
कार्यक्रममा हिमश्री फूड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी.ले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई खाजा सहयोग प्रदान गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
वार्षिकोत्सवको अवसरमा विद्यालयले गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषमार्फत छात्रवृत्ति वितरण गरेको थियो।
विद्यालयलाई सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरूलाई समेत सम्मान गरिएको थियो। त्यसैगरी शिक्षकद्वय सागर पौडेल र विद्यादेवी गुरुङलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षाप्रेमीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले विद्यालयको प्रगति र योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए। प्रमुख अतिथि मर्सानीले विद्यालयले २९ वर्ष सफलतापूर्वक पार गर्दै शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको सराहना गर्दै स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष थकालीले विद्यालयको गरिमा उचो राख्ने विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको स्थापना कालदेखि हालसम्म सहयोग गर्ने संस्थापक, दाता, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए। साथै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21190, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








