डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै

डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै

धादिङ, चैत्र २२ गते ।
विपद् पूर्वतयारी सम्बन्धी कार्यशाला बैठक धादिङबेंसी सम्पन्न भएको छ । एक्सन नेपाल धादिङकोे आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा विपद् पूर्वतयारी सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाले गरेको विपद् व्यवस्थापन कार्य र क्रिष्टा परियोजनाको बारेमा छलफल गरिएको थियो ।

नीलकण्ठ नगरपालिकामा भएका विपद् व्यवस्थापन सम्बन्धी कानूनी व्यवस्था, संस्थागत व्यवस्था, विपद्का मुख्य घटनाहरु, उद्दार तथा राहत सामग्री विवरण, विपद् व्यवस्थापनमा समन्वय र सहकार्य विषयमा अर्जुन कुमार श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो ।

त्यस्तै, एक्सन नेपालको तर्फबाट क्रिष्टा परियोजनाकी प्रोजेक्ट अफिसर युरिसा उपाध्यायले परियोजनाको उद्देश्य, कार्यविधि र स्थानीय स्तरमा विपद् व्यवस्थापनलाई सहज बनाउने डिजिटल प्रणालीको प्रयोगबारे जानकारी दिनुभयो।

उपाध्यायका अनुसार, ‘क्रिष्टा एप’ मार्फत सडक, विद्युत र अन्य पूर्वाधारसँग सम्बन्धित घटनाहरूको सूचना स्थानीय तहसम्म तत्काल पुग्नेछ । समुदायका सदस्यहरूले फोटोसहित घटनाहरू रिपोर्ट गरेपछि टेक्निकल अफिसरहरूले त्यसलाई भेरिफाइ गरी छिटो प्रतिकार्य, उद्धार र राहत सुनिश्चित गर्न सक्नेछन् । उक्त एप प्लेस्टोरमार्फत उपलब्ध छ र प्रयोगकर्ताले दैनिक यात्रा तथा हिँडाइका क्रममा आफ्नो वडामा घटेका घटनाहरू सजिलै रिपोर्ट गर्न सकिने उपाध्यायले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख भिम प्रसाद ढुंगानाले सूचना प्रवाहमा ढिलाइ हुँदा उद्धार कार्य प्रभावित हुने भएकाले यस्तो डिजिटल प्रणाली अत्यन्तै प्रभावकारी हुने बताउनुभयो । प्रारम्भमा नगरपालिकासहित चार पालिकामा लागू गरिएको प्रणाली सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढंगानाले ‘क्रिष्टा’ नामक नयाँ प्रणाली सार्वजनिक गर्दै यसले समुदायमा घटिरहेका विपद्का घटनालाई स्थानीय तहको ड्यासबोर्डमा तत्काल पु¥याउने र उद्धार तथा प्रतिकार्य छिटो र प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो। हाल नीलकण्ठ, बेनीघाट, गजुरी र सिद्धलेक पालिकामा लागू गरिएको प्रणाली आगामी दिनमा धादिङ जिल्लाभर विस्तार गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो।

एक्सन नेपालले विगत २५ वर्षदेखि जीविकोपार्जन, पोषण, खानेपानी, सरसफाइ र स्वच्छता, विपद् व्यवस्थापन, निर्माण तथा प्रविधि विकास र सुशासनजस्ता पाँच प्रमुख क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस परियोजनाले, स्थानीय जनप्रतिनिधि र समुदायबीच सहकार्य मजबुत पार्दै धादिङसहित अन्य जिल्लामा पनि विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ।

नगर प्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक भिम प्रसाद ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेंल, नगर प्रहरी, नगर कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्षहरू, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र लगायत नेपाली सेना भैरव गण, प्रहरी कार्यालय धादिङ, पूर्वाधार विकास कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै

May be an image of one or more people, people studying and text that says "7 RUBY"

May be an image of dais and text that says ""विपद् पूर्वतयारी कार्यशाला बैठक" जीलकण्ड नगरपालिकार्सगको शीतकातकापात्िवसेश्हेवसवसमाअ्ामिता समन्बायमा आयोजित २२चैत्र २०८૨ धारदिड क्रिक रिसोर्ट, नीलकण्ठ नगरपालिका, धादिक आयोजक ACTIONN ACTIONNIVAL (RISIA VATION ® AIT oek oek"

May be an image of one or more people, people studying and text

May be an image of one or more people and people studying

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =  

Protected by Spam Master