‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य

काठमाडौं । नेपाली फिल्म ‘टेम्के’ को औपचारिक शुभमुहूर्त गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको शुभारम्भ गरेका हुन्।
आरडीएस नेपालको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको निर्देशन देवप्रसाद धिमालले गरेका छन्। फिल्मका सहायक निर्देशक सगुन तामाङ र विवेक तिमिल्सिना हुन्।

निर्देशक धिमाल स्वयं निर्माता रहेको फिल्ममा राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा शिव श्रेष्ठ, अर्जुन थापा, रमेशचन्द्र सुडारी, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, रविना दुलाल र विवेक खड्कालगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक तथा निर्माता देवप्रसाद धिमाल पनि फिल्ममा खलनायकको भूमिकामा देखिदैैछन् ।निर्माण पक्षका अनुसार फिल्मको अधिकांश छायांकन काठमाडौंका विभिन्न स्थानमा सम्पन्न भइसकेको छ। अब बाँकी छायांकन भोजपुरमा गरिनेछ।
फिल्मको छायांकन नरेश ऐयर र सौगात भाइले गरेका छन् भने एक्सन निर्देशन राजु किरातको रहेको छ। कोरियोग्राफी देवप्रसाद धिमाल (स्योम) र अनुप डंगोलले गरेका छन्।
निर्माण टिमले फिल्मलाई आगामी पुस ९ गते प्रदर्शन गर्ने लक्ष्य राखेको जनाएको छ। निर्माण पक्षका अनुसार फिल्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









