चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण « रिपोर्टर्स नेपाल

चितवन, २३ चैत । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो । यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यसमध्ये १० जना पुरुष र आठ जना महिला छन् । गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए ।
क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपे्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु सुरूको चिह्न भएको उनले बताए । अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौँ झरेर जानु कुष्ठरोगका चिह्न हुने र अन्त्यमा अपाङ्गता हुनसक्ने उनले बताए ।
स्नायुमा असर पर्न जाँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशी कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनी शङ्का गर्न सकिने उनले बताए ।
कुष्ठरोगका चिह्न र लक्षणका आधारमा बढी किटाणु भएको अर्थात् (एमबी) कुष्ठरोग, कम किटाणु भएको अर्थात् (पीबी) कुष्ठरोग हुने गरेको उनले जानकारी दिए । यस रोगको उपचार बढी किटाणु भएका कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका कुष्ठरोग बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २३, सोमबार १६:०७हिजो १०५ अङ्कले घटेको नेप्से, आज ८३ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २३, सोमबार १०:२७चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर








