आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा सार्वजनिक भएका समाचार भ्रामक: देउवा

काठमाडौँ- नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ ।
साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्लो समय बाहिर आएका समाचारप्रति कुनै सत्यता नभएको भन्दै आपत्ति जनाउनुभएको हो ।
जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेसँगै देउवाको यो प्रतिकृया सार्वजनिक भएको हो । प्रहरीले नेता देउवा र उहाँकी श्रीमती आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सुरु गरेको छ।
देउवाले नेपालको कानुन अनुसार सार्वजनिक पदमा रहँदा आफूले परिवारको सम्पत्तिको यथार्थ विवरण नियमित रूपमा सम्बन्धित सरकारी निकायमा पेस गर्दै आएको स्पष्ट पार्नुभएको छ ।
हाल आफू स्वास्थ्य परीक्षणका क्रममा विदेशमा रहेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री देउवाले उपचार प्रक्रिया सम्पन्न गरी छिट्टै स्वदेश फर्किने समेत उल्लेख गर्नुभएको छ ।
उहाँले भ्रामक प्रचारका पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
कला, विचार/मनोरञ्जन२०८३ असार ३१, बुधबार १०:२८‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो)
खेलकुद२०८३ असार ३१, बुधबार ०७:०१फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
समाचार२०८३ असार ३०, मंगलवार २१:५१विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन







