स्वास्थ्य विमावापतको भुक्तानी समयमै नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दवाबमा परेका छन्ः सोइना शर्मा

काठमाडौं, २५ चैत । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दवाबमा परेको बताएकी छन् । उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै एक अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिर्ईन् ।
उनका अनुसार वीमा कार्यक्रमअन्तर्गत मात्रै दैनिक करिब ८ सय ओपीडी तथा २ सयभन्दा बढी आईपीडी बिरामीलाई सेवा प्रदान गरिँदै आएको छ। यस्तो अवस्थामा सरकारबाट भुक्तानी नआउँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने जोखिम बढेको उनले बताएकी छन् ।
शर्माले अस्पतालमा प्रयोग हुने औषधि, कन्जुमेबल तथा अन्य सामग्री सरकारको गोदामबाट उपलब्ध नहुने र बजारबाट खरिद गर्नुपर्ने भएकाले समयमै भुक्तानी नहुँदा आर्थिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने अवस्था आएको बताईन् ।
“भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई। यस्तो दोहोरो चरित्रले स्वास्थ्य सेवा मात्रै होइन, सिंगो स्वास्थ्य प्रणाली नै प्रभावित हुन्छ,” उनले भनेकी छन् ।
सम्झौताअनुसार सेवा प्रदायक संस्थाले सेवा दिने र सरकार तथा बीमा बोर्डले समयमै भुक्तानी गर्ने दायित्व स्पष्ट रूपमा उल्लेख रहेको स्मरण गराउँदै उनले भुक्तानी प्रक्रिया तत्काल व्यवस्थित गर्न सरकारसँग आग्रह गरेकी छन्।
निजी अस्पतालहरूले सरकारको कार्यक्रम सफल बनाउन निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले अब सरकारले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको बताएकी हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
कला, विचार/मनोरञ्जन२०८३ असार ३१, बुधबार १०:२८‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो)
खेलकुद२०८३ असार ३१, बुधबार ०७:०१फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
समाचार२०८३ असार ३०, मंगलवार २१:५१विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन








