क्रिकेटर करण केसी कारबाहीमा,खेल पनि खेल्न नपाइने

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले नेपाल पुलिस क्लबका खेलाडी करणले सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको अभिव्यक्ति खेल भावना विपरीत ठहर गर्दै कारबाही गरेको हो ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनलाई एक खेलका लागि प्रतिबन्ध समेत लगाएको छ ।
सम्बन्धित सरोकारवालासँग समन्वय गरेर गरिएको निर्णयअनुसार केसीलाई एक खेलमा सहभागिता जनाउन नपाउने गरी निलम्बन गरिएको हो । साथै उनलाई उक्त खेलको १०० प्रतिशत म्याच शुल्क बराबर जरिवाना पनि तोकिएको क्यानले जनाएको छ।
क्यानले खेल अनुशासन, मर्यादा र खेल भावना कायम राख्न सबै खेलाडीलाई जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै यस्ता गतिविधि दोहोरिन नदिन चेतावनी समेत दिएको छ।
क्रिकेटर करणले खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? जस्ता शब्दकाे प्रयाेग गर्दै व्य स्टाटस लेखेका थिए ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?








