यी हुन प्रोटिन पाइने खानेकुरा

सविता सिंह ठकुरी : हामीहरुले शरीर स्वस्थ राख्नको लागि विभिन्न प्रकारका खानेकुराहरु खाने गर्दछौं । जसले हाम्रो शरीरमा आवश्यक तत्वहरुको माग पुरा गर्दछन् । त्यसमध्ये प्रोटिनपनि एक हो । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै बलियो बनाउन मद्दत गर्दछ । जसको प्रयोगले मानिसहरुको स्वास्थ्यमा सहयोग गर्दछ । प्रोटिन भएका खानेकुरामध्ये केहि निम्न रहेका छन् ।
१. पनिर :
पनिरमा प्रोटिन सबैभन्दा बढी पाइन्छ । एक सय ग्राम पनिरमा १८ ग्राम प्रोटिन र २० ग्राम फ्याट पाइन्छ । यसको प्रयोग प्रायजसो जीम जाने वा कसरत गर्ने मानिसहरुले प्रयोग गर्ने गर्दछन् । पनिरमा प्रशस्त मात्रामा प्रोटिन र फ्याट पाइने भएकोले यसलाई तौल बढाउनको लागिपनि प्रयोग गरिन्छ । दुधबाट बनेको पनिरमा फ्याट पाइनेभएकोले जीम जाने मानिसहरुले लो फ्याट दुधको प्रयोग गर्न सकिन्छ । यसमा प्रोटिन राम्रो मात्रामा पाइन्छ भने फ्याट हुदैँन ।
२. अण्डा :
उमालेको अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । एउटा अण्डामा चार ग्राम प्रोटिन पाइन्छ । अण्डाको सेतो भागमा प्रोटिन बाहेक कुनैपनि गुणहरु पाइदैन । अण्डाको पहेँलो भागमा फ्याट पाइने भएकोले धेरैजसो मानिसहरुले सेतो भाग प्रयोग गर्ने गर्दछन् ।
३. गेडागुडी : चना, राजमा, केराउ र भटमासमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले हाम्रो शरीरमा आवश्यक प्रोटिनको माग पुरा गर्दछन् । एक सय ग्राम गेडागुडीमा १५ ग्राम प्रोटिन र ४० ग्राम कार्बोहाइट्रेड पाइन्छ ।
४. मासु : मासुमा राम्रो मात्रामा प्रोटिन पाइन्छ । छातिको भागको मासु प्रोटिनको लागि सबैभन्दा राम्रो मानिन्छ । एक सय ग्राम मासुमा २५ ग्राम प्रोटिन पाइन्छ । यसको प्रयोगले शरीरमा प्रोटिनको मात्रा पुरा गर्नुको साथै तौल घटाउनमा पनि मद्दत गर्दछ ।
५. दाल :
दालमा पनि प्रोटिन राम्रो मात्रामा पाइने हुनाले यसको प्रयोग गरिन्छ । एउटै दालमा मात्र प्रोटिन कम पाइनेहुनाले यसलाई मिसाएर प्रयोग गर्नुपर्दछ । एकसय ग्राम दालमा १८ ग्राम प्रोटिन र ४० ग्राम कार्बोहाइट्रेड पाइन्छ ।
६. माछा :
माछामा राम्रो मात्रामा प्रोटिन पाइनुको साथै यसमा क्याल्सियम र फस्फोरस पनि पाइन्छ । जसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ । एक सय ग्राम माछामा २५ ग्राम प्रोटिन पाइन्छ । रातो सासु भएको भन्दा सेतो मासु भएको माछा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न