आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं, वैशाख ७ । स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ । आइतबार सुरु भएको यो कार्यक्रम अन्तर्गत आज सोमबार पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने भएको छ ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कायक्रम’ अन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल आइतबारदेखि खुवाइएको हो । सोही अवधिमा एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधी ‘अलबेन्डाजोल’ समेत खुवाइदैछ । यस कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   2   =  

Protected by Spam Master