हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक

हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक

गीतको भिडियोमा करण शाही र प्रिती गुरुङको अभिनय देख्न सकिन्छ।


काठमाडौं । नेपाली लोकपप संगीतमा नयाँ स्वाद थप्ने उद्देश्यसहित बहुप्रतीक्षित गीत ‘ए साइली’ सार्वजनिक गरिएको छ। मौलिक लोकभाका र आधुनिक संगीत शैलीको आकर्षक संयोजनमा तयार गरिएको यो गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतमा गायक हिमाल घर्ती मगर कै शब्द, संगीत र स्वर रहेको छ। ग्रामीण परिवेश, माया–प्रेमका भावनात्मक पक्ष तथा नेपाली समाजको यथार्थलाई आधुनिक लोकपप शैलीमा प्रस्तुत गरिएको यस गीतले विशेषगरी युवापुस्तादेखि लोकसंगीत पारखीहरूसम्मको मन जित्ने विश्वास गरिएको छ।

गीतको भिडियोमा करण शाही र प्रिती गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन गणेश सापकोटाले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन राकेश दाहालले गरेका छन्। भिडियोको निर्देशन विकास पुन मगरले गरेका हुन्।

‘ए साइली’को भिडियो गायक हिमाल घर्ती मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले नेपाली लोकपप संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   5   =