साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक

साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक

काठमाडौं। गायक रामकृष्ण ढकाल को स्वरमा रहेको ‘नत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियो ‘साउन्डमिल क्रिएसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा नरेश प्रधानको शब्द तथा सूर्य कास्यपको संगीत रहेको छ। गीतले दुई जोडीबीचको माया, प्रेम, झगडा र बिछोडका भाव प्रस्तुत गरेको छ।

भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने छायांकन उत्सव दाहालले गरेका छन्। परियोजना निर्देशकका रूपमा गायिका बुनु श्रेष्ठ संलग्न रहेकी छन्।

काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियोमा नरेन खड्का र करिश्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयलाई दर्शकले रुचाएका छन्।

निर्माण कम्पनीका अनुसार सामाजिक जनचेतनामूलक गीतहरू वार्षिक रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ। यसअघि ‘साउन्डमिल क्रिएसन’ युट्युब च्यानलमार्फत ‘युवा तिमीलाई सलाम ,  स्वीकार’, ‘आऊ साथी’, ‘आमा’ , ‘नभन मेरो भाग्य’ र साथ हुदैमा लगायतका सामाजीक जनचेतना मुलक गीत सार्वजनिक भइसकेका छन्।

भिडियो सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =  

Protected by Spam Master