असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री

असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री

सेलिब्रेटी नेपाल । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र **‘अक्षरा’**को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्र बनाएको छ। चलचित्रको प्रचारका क्रममा आइतबार कीर्तिपुरबाट सुरु भएको साइकल र्‍यालीमा २५० भन्दा बढी साइकल यात्री सहभागी भएका छन्।

चलचित्रको टिसर्ट लगाएर सहभागी साइकल यात्रीहरू कीर्तिपुरबाट कपनस्थित क्लब मण्डलासम्म पुगेका थिए। चलचित्रको प्रचारप्रसारलाई दर्शकमाझ पुर्‍याउने उद्देश्यले र्‍याली आयोजना गरिएको निर्देशक विनयराज पौडेलले बताए। प्रदर्शन मिति नजिकिँदै गर्दा ‘अक्षरा’बारे दर्शकमाझ थप जानकारी पुर्‍याउन विभिन्न प्रचारात्मक गतिविधि सञ्चालन गरिरहेको उनले जानकारी दिए।

र्‍यालीमा अभिनेत्री न्यान्सी खड्का, अभिनेता पुष्कर राउतसँगै चलचित्रका निर्माता तथा निर्माण पक्षको उपस्थिति थियो। युनिभर्सल सर्टिफिकेट प्राप्त ‘अक्षरा’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने चलचित्र हो। २ घण्टा १४ मिनेट लामो चलचित्रले छोरीले सुख पाउने विश्वासमा नचिनेको धनी परिवारका युवकसँग विवाह गरिदिएपछि एक परिवारमा उत्पन्न हुने समस्या र त्यसले निम्त्याउने परिस्थितिलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुंगाना रहेका छन्।

उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेको चलचित्रमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्माता उग्रसेन ढुंगानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुंगाना) हुन् भने छायांकन दिपेन बस्न्यातले गरेका छन्। सम्पादन गौतम खड्काको रहेको छ।

नेपालभर चलचित्र वितरणको जिम्मेवारी नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन्। चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

यो पनि पढ्नुहोस् :  पारिवारिक पीडाको कथा बोकेको गीत ‘बाबा’ सार्वजनिक

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   5   =