पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी वैशाख २५ गते (मे ८) देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
सार्वजनिक ट्रेलरले फिल्मलाई पारिवारिक तथा सामाजिक कथामा आधारित प्रस्तुत गरेको छ । ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल)बीचको प्रेम, सम्बन्धमा आउने उतारचढाव र पारिवारिक द्वन्द्वलाई देखाइएको छ । साथै, मेक्सम गौडेललाई ‘हरि’ नामक नकारात्मक भूमिकामा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा साथीभाइबीचको सम्बन्ध, त्यसमा आउने उतारचढाव तथा छोरा–छोरीबीच समाजले गर्ने विभेदकारी सोचलाई समेत उठान गरिएको छ । ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादमार्फत सामाजिक ‘इज्जत’को दबाबलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ गीतका अंशहरू पनि समावेश छन् ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक प्रकु पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् । फिल्ममा विजय, वर्षा र मेक्समका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन् ।
महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मको प्राविधिक पक्ष बलियो देखिन्छ । आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १४, सोमबार २०:१५पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार १९:१४कक्षा ८ को परिक्षामा न्यु किबो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपीए
खेलकुद२०८३ बैशाख १४, सोमबार १५:२२टियु क्रिकेट मैदान नभत्काउने,पुन:भाडा सम्झौता हुने








