एट्लेटिकोलाई हराउँदै आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

एट्लेटिकोलाई हराउँदै आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, वैशाख २३ । इंग्लिस क्लब आर्सनल युईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १-० तथा समाग्रमा २-१ गोलले हराउँदै आर्सनलले २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन कप्तान बुकायो साकाले निर्णायक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा लिएनार्दो ट्रोसार्डको पासमा साकाले गोल गर्दै आर्सनललाई खेलमा १-० र समाग्रमा २-१ गोलले अगाडि बढाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनलले विजयी बन्दै फाइनलको बाटो तय गरेको हो । अब आर्सनलले फाइनलमा आज पीएसजी र बायर्न म्युनिखबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल ३० मेमा हंगेरीको पुस्कास एरिनामा हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट खेल्दै नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   4   =  

Protected by Spam Master