एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले प्रतियोगिताको नयाँ सिजनको मिति तय गरेको हो ।
यसपटकको संस्करण व्यावसायिक नेपाली फुटबलको विकासमा कोसेढुङ्गा साबित हुने दाबी आयोजकको छ । प्रतियोगितालाई थप रोमान्चक र विश्वस्तरीय बनाउन यस वर्ष पहिलोपटक ‘होम एन्ड अवे’ प्रणालीमा खेलहरू सञ्चालन गरिने भएको छ ।
यसअघिका संस्करणहरू दशरथ रंगशालामा मात्रै केन्द्रित रहने गरेकोमा यसपटक देशका विभिन्न सहरका रंगशालामा समेत खेलहरू हुने जनाइएको छ । खेल संख्या र प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउन यसपटक टोलीहरूको संख्या पनि थपिने भएको हो । गत सिजनहरूमा सीमित टोलीबीच प्रतिस्पर्धा भएकोमा यस चौथो संस्करणमा टोलीको संख्या बढाएर १० देखि १२ सम्म पुर्याउने तयारी आयोजकले गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल









