चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

काठमाडौं। चलचित्र कलाकार संघको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमवार राति १२ः२७ बजेसम्म सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन् । केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १३२ मत प्राप्त गरे ।

निर्वाचनमा कुल ३५६ मत खसेको थियो । उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरी बैरागी विजयी भएका छन् । पूजना प्रधानले १४४ मत र शिवहरी बैरागीले १४६ मत प्राप्त गरेका हुन् । अन्य उम्मेदवारमध्ये पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत पाए ।

महासचिव पदमा सुनील कटवाल १९५ मतसहित विजयी भए भने रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे । सचिव पदमा गोपाल ढकाल २१४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरिन् ।

कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन् । पवित्रा आचार्यले १०६ र खुस्वु खड्काले ५८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी भए भने गीता नेपालले १५३ मत प्राप्त गरिन् ।

सदस्य पदमा १० जना विजयी भएका छन् । विजयी हुनेहरूमा इन्द्रबहादुर लामा (खम्बे), दमन रुपाखेती,चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान शंकर रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘राम नाम सत्य’ निर्देशकको दोश्रो चलचित्र ‘हेराई’ घोषणा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   4   =