घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो

काठमाडौँ । जेठ ९ मा घरबाट घुम्न गएका दुई जनाको शव रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा भेटिएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो छन् ।
नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।
सँगै गएका अरू ३ जना सकुशल फर्किएका छन् । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूको शव नदीबाट निकालेर पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )
खेलकुद२०८३ श्रावण ७, बिहीबार २३:१०त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो हार









