‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता

‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्। आइतबार अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै अनुबन्ध गरेको हो। अनुबन्ध भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताईन्।

अभिनेत्री गुरुङ ‘मेरो डान्स युनिभर्स २’ कि विजेता हुन्। आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्। केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यस फिल्म अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको छ।

नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =