साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं, जेठ १७ । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने समूहचरणको खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुनेछ ।
आज नेपाल जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । समूह विजेता बन्न नेपाललाई बराबरी पर्याप्त रहेपनि नेपाल आज फराकिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानमाथि १-० गोलको संघर्घपूर्ण जित निकालेको थियो ।
यता श्रीलंकालाई सेमिफाइनल प्रवेश गर्न जितको विकल्प छैन । श्रीलंका पहिलो खेलमा भुटानसँग ४-० गोलले पराजित भएको थियो । हाल नेपाल र भुटानको सामना तीन/तीन अंक रहेको छ । दुई खेल खेलिसकेको भुटान शीर्ष स्थानमा रहेको छ भने अंकविहीन श्रीलंका पुछारमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १७, आईतवार १८:०३सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १७, आईतवार १२:२६‘आ बाट आमा २’ मा मल्लिका महत
खेलकुद२०८३ जेष्ठ १७, आईतवार १०:०६साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै
खेलकुद२०८३ जेष्ठ १६, शनिबार २२:२५नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने









