नेपालले ५१ रनले हरायो भुटानलाई « रिपोर्टर्स नेपाल

काठमाडौँ । एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोडेको थियो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो । अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् ।
जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २१, बिहीबार १०:३७नेपालले ५१ रनले हरायो भुटानलाई « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २०, बुधबार १९:५०ग्रामीण श्रमजीवीको कथा बोकेको चलचित्र ‘हली’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २०, बुधबार १९:४४जीवन शाहीको चलचित्र ‘स्त्री’ मंसिर ११ गते
समाचार२०८३ जेष्ठ २०, बुधबार १९:१७सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा









