पीएसजी लगातार दोस्रोपटक च्याम्पियन्स, उचाल्यो उपाधि

काठमाडौं, जेठ १७ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउट ४-३ गोलले पराजित गर्दै पीएसजीले लगातार दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
पुस्कास एरिनामा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा पीएसजी विजयी भएको हो । पीएसजीको लागि गोन्सालो रामोस, डेसिर डोए, अचार्फ हकिमी र लुकास बेर्नाल्डोले गोल गर्दा नुनो मेन्डेस चुके । आर्सनलको लागि भिक्टर ग्योकेरेस, डेक्लान राइस र गाब्रियल मार्टिनेलीले गोल गर्दा इबेर्ची इजे र गाब्रियल असफल भए ।
यसअघि निर्धारित समयको छैटौँ मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ६५ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी निर्धारित र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा









