क्यानाडामा खिचिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक

क्यानाडामा खिचिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। क्यानाडाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका सुन्दर पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

गीतमा डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र बिनु अधिकारीको स्वर रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रोमन बज्राचार्यले गरेका हुन्। गीतको रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा गरिएको हो।

भिडियोमा बिनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नविना श्रेष्ठको अभिनय देख्न सकिन्छ। कलाकारहरूको रोमान्टिक केमेस्ट्री र क्यानाडाको मनमोहक प्राकृतिक दृश्यले भिडियोलाई थप आकर्षक बनाएको छ।

उत्तम अर्यालले छायांकन गरेको भिडियोमा अनिता ओलीको मेकअप, मनोज बीकेको कोरियोग्राफी रहेको छ। भिडियोको सम्पादन तथा कलर राजेश कुमारले गरेका हुन् भने जीवन पराजुलीले निर्देशन गरेका छन्। थुप्रै चलचित्र तथा दर्जनौ म्युजिक भिडियोको छायांकन गरि सकेका जीवन पराजुलीले यसै भिडियो मार्फत निर्देशनमा पाइला चालेका छन्।

सार्वजनिक भएको भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ। प्रेम र संवेदनाले भरिएको यस गीतले नेपाली संगीतप्रेमीको मन छुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  डी सिने अवार्ड सम्पन्न,'अन्जिला' ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   10   =