बक्स अफिसमा ‘लालीबजार’को दबदबा, कमाइ ९ करोड नजिक

बक्स अफिसमा ‘लालीबजार’को दबदबा, कमाइ ९ करोड नजिक

काठमाडौं । नेपाली चलचित्र बजारमा प्रदर्शनरत फिल्महरूमध्ये ‘लालीबजार’ले बक्स अफिसमा आफ्नो अग्रता कायम राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो आइतबारसम्मको कमाइ विवरणअनुसार यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

बोर्डको तथ्यांकअनुसार ‘लालीबजार’ले शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मलाई हालसम्म २ लाख ९८ हजार २२७ दर्शकले हलमै पुगेर हेरेका छन्।

त्यसपछि ‘परालको आगो’ दोस्रो स्थानमा रहेको छ। उक्त चलचित्रले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाइ गर्दै १ लाख ५४ हजार १३६ दर्शक तान्न सफल भएको छ।

‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ भने ४५ हजार ५३३ दर्शकले फिल्म हेरेका छन्। यस्तै, ‘रोल नम्बर १’ले ९४ लाख ९१ हजार ६८० रुपैयाँ कमाउँदा ३१ हजार ७८८ दर्शक हलसम्म पुगेका छन्।

यसैगरी, ‘काजी’ले ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस कलेक्सन गर्दै १४ हजार २६९ दर्शक आकर्षित गरेको छ। ‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रुपैयाँ कमाउँदा ११ हजार २४८ दर्शकले फिल्म हेरेका छन्।

नयाँ प्रदर्शनमा आएको ‘कुम्भ’ले भने ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मलाई १ हजार ४९४ दर्शकले हेरेको बोर्डको तथ्यांकमा उल्लेख छ।

पछिल्ला तथ्यांकले नेपाली बक्स अफिसमा ‘लालीबजार’को प्रभाव कायम रहेको देखाउँदा ‘परालको आगो’ले पनि उल्लेखनीय व्यापार गरिरहेको संकेत गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  क्यानाडामा खिचिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =