जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’

जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’

काठमाडौँ । चर्चित हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । वसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । थापा मगरको यो एकसाता भित्र सार्वजनिक भएको यो दोस्रो गीत हो ।

हास्य भूमिकामा दर्शक रिझाउँदै आएका जोगिन्दर र मोडल सेजलको केमेस्ट्री भिडियोमा सुहाउदो देखिएको छ । भिडियोमा लामो समयको विदेश वा बाहिरी बसाइबाट आफ्नो गाउँ फर्किँदाको खुसी, बाल्यकालका साथीभाइसँगको आत्मीय मिलन र आफ्नो प्रियसीसँगको सामीप्यतालाई मुख्य विषयवस्तु बनाइएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार र परम्परागत नेपाली गाउँघरका दृश्यहरूले भिडियोलाई थप आकर्षक र जीवन्त बनाएका छन् । रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको यस भिडियोलाई शौखिन तिमल्सिनाले नै सम्पादन गरेका हुन् ।

पछिल्लो समयका चर्चित र व्यस्त निर्देशक समन अधिकारी निर्देशित भिडियोले नेपाली गाउँघरको मौलिकता, प्रेम र पुरानो यादलाई ताजा गराउने प्रयास गरेको छ । हास्य विधाभन्दा फरक भूमिकामा प्रस्तुत भएका कलाकार जोगिन्दरको यो नयाँ शैलीलाई दर्शक तथा श्रोताले सकारात्मक रूपमा लिने अपेक्षा निर्माण पक्षको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   7   =